छोराको हत्यारा पक्राउ

काठमाण्डु टुडे २०७१ साउन १४ गते ८:१५ मा प्रकाशित

सप्तरी, १४ साउन – आफ्नै छोराको हत्याको आरोपमा प्रहरीले सप्तरीको बिसहरिया गाविसबाट एकजनालाई पक्राउ गरेको छ ।

आफ्ना आठ वर्षीय छोराको हत्या गरी फरार भएको आरोपमा कोचाबखारी गाविस–९ निवासी श्रवण मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिगएको टोलीले बिसहरिया गाविस–२ दमावती सिङ्गियौन टोलबाट मण्डललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मण्डलले गत बिहीबार आफ्नै आठ वर्षीय छोरा गोविन खङ्गलाई बरही वीरपुर गाविसस्थित घोरदह खोलाको किनारामा लगेर वञ्चरो प्रहार गरी हत्या गरेर फालेको प्रहरीको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us