काठमाण्डू, ११ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि २ हजार ९५९ मत खसेको छ । केहीबेर अघि रास्वपा केन्द्रीय सदस्यको मतदान सकिएको हो ।
अहिले मुचुल्काको काम भइरहेको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । केहीबेर पछि मतगणना सुरु गरिने बताइएको छ ।
केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गरेपछि आजै पदाधिकारीको पनि मतदान सुरु हुने रास्वपाले जनाएको छ ।