
काठमाण्डु, १८ असार– देशभरका कानून व्यवसायी आन्दोलित भएका छन् ।
इजलासमा बहस छाडेर उनीहरु आन्दोलनमा उत्रिएका हुन । ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात गरेको आरोपमा अधिवक्ता अमिर लामिछानेमाथि मुद्दा दायर भएको विरोधमा कानून व्यवसायीले आन्दोलन घोषणा गरेका हुन् ।
यसअघि कार्यकक्षमै लामिछानेले तामाङमाथि हातपात गरेको भन्दै देशभरका अदालतमा कर्मचारीले आइतबार तीन घण्टा काम ठप्प पारेका थिए ।
नेपाल बार एसोसिएसनको दबाबमा पक्राउ परेका लामिछाने आइतबार नै तारेखमा रिहा भए । तर, बारले झुठा मुद्धा फिर्ताको माग राखेर बन्द प्रत्यक्षीकरणबाहेक अन्य मुद्धामा बहस नगर्ने निर्णय गरेको छ । कानून व्यवसायीले भने देशभरका अदालतमा विकृति रहेकाले सच्याउनुपर्ने माग गरेका छन् ।