उदयपुरमा अटो दुर्घटना हुदा चालको मृत्यु

काठमाण्डु टुडे २०८० असार १८ गते ११:५४ मा प्रकाशित

काठमाण्डु, १८ असार- उदयपुरमा अटो दुर्घटना हुदा चालको मृत्यु भयको छ।

उदयपुरगढी गाउँपालिका९७ अधेरीस्थित सडकमा नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको स.१ ह ३६२२ नम्बरको अटो अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका९१२ बस्ने १८ वर्षीय मोहमत रूस्तमको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य १ जनाको विराटनगर नर्सिङ होममा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us