गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दी मनाइँदै

काठमाण्डु टुडे २०८० असार १८ गते ९:४० मा प्रकाशित

काठमाण्डु, १८ असार– पूर्वप्रधानमन्त्री एवं काँग्रेस पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी आज मनाइँदैछ ।

कोइरालाको जन्मशताब्दीका अवसरमा कांग्रेस भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरेका छन् । राणाशासन, पञ्चायत र सक्रिय राजतन्त्रविरोधी आन्दोलनमा प्रत्यक्ष सहभागी कोइराला पाँचपटक मुलुकको प्रधानमन्त्री भएका थिए ।

०६३ सालमा तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादी मिलेर गरेको रातजन्त्रविरोधी आन्दोलनको नेतृत्व कोइरालाले नै गरेका थिए ।

अन्तरिम संविधान–२०६३ जारी भएर ०६४ को पहिलो संविधानसभा निर्वाचन हुँदासम्म कोइराला मुलुकको कार्यबाहक राष्ट्रप्रमुखको भूमिकामा समेत थिए । विक्रम सम्बत १९८१ असार १८ गते जन्मिएका कोइरालाको २०६६ चैत ६ गते निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us