
काठमाण्डु ,१७ असार- काठमाण्डु महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गामा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ ।
आइतबार त्यस क्षेत्रमा घेराबारा गर्न पुगेको महानगर नगर प्रहरीले त्यहाँ निर्मित संरचना हटाउन निर्देशन दिएका हुन् ।आज माहानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको महानगर प्रहरीको टोली बालुवाटार पुगेका थिए ।
ललितानिवास अन्तर्गतको सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने काठमाण्डुले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
ललिता निवासको जग्गा रोक्का भइसकेको अवस्था र सम्बन्धीत निकायले अनुसन्धान अन्तिम अवस्थामा पुराइसकेकाले थप कुनै संरचना निर्माण हुन नदिन महानगरले निगरानी गरेको उनले बताए ।