
काठमाण्डु ,१७ असार- सांसद अमरेशकुमार सिंहले बैंकहरू व्यापारी केन्द्रित भएको बताएका छन।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले गरिब जनतालाई पनि ऋण उपलब्ध गराउनुपर्ने माग गरेका छन। ‘जति पनि बैंक छन्, ती बैंकहरू ठूला व्यापारीहरूका लागि मात्रै छन्।
नेताज्यूको घरघरमा ठूला व्यापारी आउँछन्। गरिब किसान, दलित, चेपाङ त आउँदैनन्,’ उनले भने।व्यागपारीहरूले अर्बौंको ऋण पाए पनि गरिबले एक लाख पनि नपाउने उनको भनाइ छ।
‘जगदम्बा ग्रुपले कति ऋण लिएको छ, चौधरी ग्रुपले कति ऋण लिएको छ, ज्योति ग्रुपले कति ऋण लिएको छरु ठूलाले अर्बौंमा ऋण लिने, त्यो गाउँको गरिबलाई एक लाख ऋण दिन्छरु बिना धितो ऋण दिन्छरु दिँदैन नि?,’ उनले भने।
यसले गर्दा पनि उनीहरू मिटरब्याजमा ऋण लिन बाध्य हुने गरेको उनको भनाइ थियो।अहिले पनि हाम्रो सामाजिक अवस्था यस्तो छ कि जसको घडेरी पनि ऐलानीमा छ, त्यसलाई पनि आवश्यकता पर्छ, औषधि उपचार वा बुबाआमा मर्दाखेरि श्राद्धका लागि, कुनै छोराछोरी पढाउनका लागि,’ उनले भने,
यसका लागि बैंकले गाउँ(गाउँमा ऋण दिने व्यवस्था गराउनुपर्ने उनले बताए ।