नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन :पूर्वराष्ट्रपति भण्डारी

काठमाण्डु टुडे २०८० असार १४ गते १८:१४ मा प्रकाशित

काठमाण्डु,१४ असार- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली क्रान्ति अझै सम्पन्न भइनसकेको बताएकी छन् ।

बिहीबार मदन भण्डारी फाउण्डेसनले काठमाण्डुमा गरेको मदन भण्डारीको ७२औं जन्मजयन्ती समारोहमा बौल्दै यस्तो बताएकी हुन। राजनीतिक रुपमा केही संरचनागत परिवर्तन भएका छन् ।

तर नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन, केबल शुरुवात भएको छ’ उनले भनीन । यसमा पर्याप्त सुधार, परिवर्तन तथा रुपान्तरणका संभावनाहरु बाँकी नै छन् । हामीले जनताको बीचमा गएर नै ती संभावनाहरुको खोजी गर्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us