कीर्तिपुरमा जुवातास खेलिरहेको अवस्थामा ९जना पक्राउ

काठमाण्डु टुडे २०८० असार १४ गते १७:३७ मा प्रकाशित

काठमाण्डु, १४ असार- कीर्तिपुरमा जुवातास खेलिरहेको अवस्थामा ९जना पक्राउ परेका छन।

कीर्तिपुर नगरपालिका ४ दुध पोखरीस्थित ४९ वर्षीय अजित विष्टको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार १ सय ८५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

कीर्तिपुर नगरपालिका १ चाँदनी चोकस्थित माइला खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार ४ सय ४५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us