
काठमाण्डु, १४ असार- चिनियाँ अर्बपति ज्याकमा नेपालको तीनदिने बसाइपछि आज पाकिस्तान उडेका छन् ।
उनी चढेर आएको बोइङ जहाज बिहीबार अपरान्ह पाकिस्तानको लाहौर उडेको त्रिभुवन विमानस्थलले जनाएको छ ।बिहान ११ः२५ को फ्लाइटमा पाकिस्तानको लाहोरका लागि जेट बिमान उडेको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।
उनी मंगलबार सिङ्गापुरबाट बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर नेपाल आएका थिए । उनीसहित अरु ६ जना पनि आएका थिए । नेपाल बसाइका दौरान उनी भक्तपुर दरबार स्क्वायर र स्वयम्भुको भ्रमणमा समेत पुगेका थिए । उनी नेपाल आउनुको कारण भने खुलेको छैन ।