विभिन्न मागसहित सडकमा ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध र्‍याली

काठमाण्डु टुडे २०८० असार १४ गते १२:१८ मा प्रकाशित

काठमाण्डु, १४ असार- यातायात व्यवसायी तथा चालकहरुले कााठमाण्डुमा सवारी साधनसहित प्रदर्शन गरेका छन् ।

बिहीबार काठमाडौँको सितापाइलामा भेला भएर उनीहरुले सवारीसाधनको प्रदर्शनसहित रिङरोड परिक्रमा गर्ने बताएका छन् । विभिन्न मागसहित चालक र व्यवसायीले सार्वजनिक सवारीसाधनसहित विरोध र्यातली निकालेका हुन।

उनीहरुले कलंकी९बालाजु खण्डको सडकको एक लेन ढाकिने गरी प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ ।राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरुले आफूहरुका लागि पार्किङ स्ट्याण्ड हुनुपर्ने, २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने, निजी सवारी साधनले भाडाका सवारी साधनले जस्तो सेवा दिन नपाउनुपर्ने, लगायत माग राखेका छन् ।

सरकारका नीति र निर्णय आफूहरुको बाँच्न पाउनुपर्ने हकविरुद्ध भएको भन्दै उनीहरुले नाराबाजी गरेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us