विविधताबीचको एकताले राष्ट्रिय एकता प्रगाढ बनाउँछः राष्ट्रपति

काठमाण्डु टुडे २०८० असार १४ गते ९:०९ मा प्रकाशित

काठमाण्डु, १४ असार– राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूले नेपालीहरुमा मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुर्याउने बताएका छन् ।

इस्लाम धर्मावलम्वीहरूको दोस्रो ठूलो पर्व बकर इदका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले यस पर्वले मुलुकमा धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझै मजबुत बनाउग सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुसलमानहरूमा शान्ति तथा समृद्धिको कामनासमेत गरे । पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्नेसमेत राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

‘यस्ता चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुनेछ,’ शुभकामना सन्देशमा भनेका छन् ।
विविधताबीचको एकताले नै राष्ट्रिय एकताको भावनालाई प्रगाढ बनाउने विश्वास उनको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us