
बुटवल,१३ असार- पश्चिम नवलपरासीमा छोराले आमाको हत्या गरेका छन् ।
जील्लदाको सुनवल नगरपालिका–१३ मा का ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेको प्रहरीले जनाएको छ ।पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ।
हतियारले घाँटीमा लागेपछि मुसहरको घटनास्थलमा नै मृत्यु भएको थियो । हत्यापछि कुमार भागेर रुपन्देही आएको अवस्थामा उनलाई पक्राउ परेका हुन् ।