एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने

काठमाण्डु टुडे २०८० असार १३ गते ११:३३ मा प्रकाशित

काठमाण्डु, १३ असार- एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने भएको छ।

बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको संघीय संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको हो। बजेट असन्तुलित भएको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतले विरोध जनाउँदै आएका थिए।

यसैबीच बजेट पारित गर्ने विषयमा छलफल गर्न जनता समाजवादी पार्टीको पनि संसदीय दलको पनि बैठक बस्दैछ।प्रतिनिधि सभाको बैठक अहिले संघीय संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us