
काठमाण्डु, १२ असार- चिनियाँ खर्बपति ज्याक मा नेपाल आइपुगेका छन्।
विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक ज्याक मा हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्ड गरी उनी मंगलबार दिउँसो काठमाण्डु आइपुगेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीसहितको सात जनाको टोली नक्सालस्थित मेरियट होटलमा पुगेका छन्। ५ जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी नागरिक नेपाल आएका हुन्।
उनीहरूले प्रहरीसँग सुरक्षा माग गरेका छैनन्।