काठमाण्डुका सुकुम्बासीलाई लालपूर्जा दिन्छौं :रञ्जिता श्रेष्ठ

काठमाण्डु टुडे २०८० असार १२ गते १५:२९ मा प्रकाशित

काठमाण्डु, १२ असार- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाण्डुका सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपत्र दिने बताएकी छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन। उनले काठमाण्डुमा यहाके नेवार समुदाय सुकुम्बासी रहेको भन्दै उनीहरुलाई लालपुर्जा दिने प्रक्रिया अघि बढाउने बताएकी छन। तराईमा कमैया प्रथा उन्मुलन भएको २३ वर्ष भयो तर सुन्दापनि अचम्म लाग्छ। यद्यपि, काठमाण्डुमा पनि कमैयाको जीवन बिताउने मुलवासी नेवारहरु धेरै छन्।

काठमाण्डुमा धेरै स्ववासीको घरको लालपुर्जा छैन। अब हाम्रो लक्ष्य ती स्ववासीलाई घरको लालपुर्जा दिनु पनि हो’ उनले भनिन्। स्वबासीको अवस्था भयावह रहेको भन्दै मन्त्री श्रेष्ठले दुई तीन पुस्ता अगाडिदेखि बसोबास गरिरहेकाहरु पनि लालपुर्जाविहीन रहेको बताइन्।

बाजेको पालादेखि घर छ तर लालपुर्जा छैन। हाम्रो मन्त्रालयले स्ववासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रियालाई पनि अगाडि बढाउने निर्णय गरेको छ’ उनले भनिन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us