ललिता निवास प्रकरण:पक्राउ पर्नेको संख्या ७ पुग्यो

काठमाण्डु टुडे २०८० असार १२ गते १५:१० मा प्रकाशित

काठमाण्डु ,१२ असार- ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेसँगै उक्त प्रकरणमा पक्रउ पर्नेको सङख्या ७ पुगेको हो । शाह धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रहरीले जनकारी दिएको छ।

प्रकरणमा यसअघि केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us