
काठमाण्डु ,१२ असार- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई स्पष्टीकरण सोधेका छन्।
सोमबार मन्त्रीस्तरीय निर्णय अनुसार ७ दिनभित्र जवाफ पेस गर्ने गरी महानिर्देशक अधिकारीलाई प्रस्टीकरण सोधिएको हो । महानिर्देशक अधिकारीको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउँदै मन्त्री किरातीले मंगलबार ९ बुँदे स्पष्टीकरण सोधेका हुन्।
महानिर्देशक अधिकारीका पालामा धेरै हवाई दुर्घटना भएको र उनले सरकारको नीति विरूद्ध अभिव्यक्ति दिने गरेको लगायत प्रश्न गर्दै स्पष्टीकरण सोधिएको हो।
यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थाबारे पनि जिम्मेवारी अधिकारीका हिसाबले मन्त्री किरातीले उनीसँग प्रस्टीकरण सोधेका छन् ।