जिल्ला निर्वाचन कार्यालयहरू खारेज हुँदैन:अर्थमन्त्री

काठमाण्डु टुडे २०८० असार १२ गते १३:०४ मा प्रकाशित

काठमाण्डु ,१२ असार- अर्थमन्त्री प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा जिल्ला निर्वाचन कार्यालयहरुलाई जिल्ला प्रशासन कार्यालयको इकाईका रुपमा राख्ने व्यवस्था बजेटमा राखेको भन्दै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरुद्ध गरेका थिय ।

मंगलबार नै बसेको दोस्रो बैठकमा अर्थमन्त्री डा। महतले निर्वाचनको स्वतन्त्रतामा कुनै सम्झौता नगर्ने बताए ।एमाले र रास्वपाको विरोधपछि प्रतिनिधि सभा बैठक केहीबेर स्थगितसमेत भएको थियो।

‘निर्वाचन कार्यालय अहिले जसरी रहेको छ, त्यसरी नै रहनेछन्। अझ सबल बनाउने काम हुन्छ,’ अर्थमन्त्री महतले भने, ‘सिडिओको मातहत कार्यालय राख्न खोजेको भन्नेमा कुनै सत्यता छैन। स्वतन्त्र रूपमा निर्वाचन कार्यालयहरू रहन्छन्।’

निर्वाचन आयोगले जसरी चलाएको हो त्यसैगरी जिल्ला निर्वाचन कार्यालयहरू चल्ने महतले बताए। ‘जिल्ला निर्वाचन कार्यालयहरू खारेज हुँदैन। म विश्वास दिलाउँछु,’ उनले भने।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us