
काठमाण्डु, ११ असार– सांसद प्रेम सुवालले कर्मचारी सरुवा बढुवामा व्यापक भ्रष्टाचार हुने गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा बैठकमा सोमबार मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जवाफ दिएपछि प्रश्न गर्दै सुवालले उक्त आरोप लगाएका हुन् ।
‘कर्मचारीको सरुवा बढुवामा हुने गरेको भ्रष्ट्राचार रोकिएको छ कि छैन ?’, उनले प्रश्न गरे, ‘सिंहदरबार राजनीतिक र प्रशासिनक रुपमा फोहोर भयो भन्नेलाई जवाफ के छ ?’
उनले सरकारमा गएका नेताहरु अनैतिक भएको र कर्यकर्ता पनि भ्रष्टाचार र अनैतिकतामा डुबेको बारे कतिको जानकारी छ भन्ने प्रश्न गरे ।
स्तै सांसद अमरबहादुर थापाले पैसा खाएर कर्मचारी सरुवा बढुवा हुने गरेको उल्लेख गरे । ‘पैसा नउठाएसम्म कर्मचारी सरुवा नगर्ने प्रवृत्ति छ, यो कहिले रोकिन्छ ?’, उनले प्रश्न गरे ।