सरकारद्वारा ‘भीआईपी’ का घरमा राखिएका ३ सय १६ सुरक्षाकर्मी फिर्ता

काठमाण्डु टुडे २०८० असार १० गते १५:११ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षाका नाममा दुरुपयोग गरिएका ३ सय १६ सुरक्षाकर्मी फिर्ता गरेको छ ।

उनीहरुलाई बहालवाला र पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटाइएको थियो । उनीहरुमध्ये अधिकांश भीआईपी सुरक्षामा भन्दा घरासयी काममा सक्रिय हुने गरेका थिए ।

प्रतिनिधिसभा बैठकमा आइतबार बजेटमाथिको छलफलमा उठेका पश्नको जवाफ दिने क्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त जानकारी दिए ।

उनले विशिष्ट व्यक्तिहरुको व्यवस्थापन कार्यविधि–२०७७ को प्रावधानविपरीत नेपाल प्रहरीका १ सय ९० र सशस्त्र प्रहरी बलका १ सय २६ जना सुरक्षाकर्मी फिर्ता गरिएको जनाए ।

उनले सरकारले कार्यविधि नै बनाएर सुरक्षाकर्मी फिर्ता गरेको जानकारी सदनलाई गराए । श्रेष्ठले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि–२०८० को मस्यौदासमेत तयार भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us