
काठमाण्डू, २५ जेठ– आज (आइतबार) बस्ने भनिएको प्रतिनिधि सभाको बैठक फेरि पनि सरेको छ । दिउँसो १ बजे बस्ने भनिएको बैठक सवा ३ बजेलाई सर्यो । फेरि पनि बैठक बसेन । बरु अर्को बैठक साढे ५ बजे बस्ने गरी पुनः सरेको छ ।
यसको कारणमा संसद सचिवालयले विशेष कारण उल्लेख गर्ने गरेको छ । पछिल्लो पटक संसद सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको ५ः३० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’