बागलुङमा चट्याङ लागेर दिदी–भाइको मृत्यु

काठमाण्डु टुडे २०८० असार १० गते ७:४४ मा प्रकाशित

बागलुङ, १० असार– बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको ६ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो ।

चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको केसीले बताए । घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us