पुरानो खराब हो भन्ने भाष्य स्थापित गर्न खोजियोः गगन थापा

काठमाण्डु टुडे २०८० असार ९ गते ११:११ मा प्रकाशित

काठमाण्डु, ९ असार– कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसले लय पक्रन नसक्दा जनता निराश भएको बताएका छन् ।

आप्नो निर्वाचन क्षेत्र काठमाण्डु–४ मा शनिबार आयोजित कार्यक्रममा थापाले देशको नेतृत्व गर्ने जिम्मेवारी पाएर पनि काँग्रेसले लय समात्न नसकेको टिप्पणी गरे ।

‘काँग्रेसले निर्वाचनबाट देश हाँक्ने जिम्मेवारी पायो’, थापाले भने, ‘तर, काँग्रेसले लय पर्कन नसक्दा जनतामा निराशा छाएको छ ।’ थापाले नेतृत्वमा स्पष्ट संकल्प नभएका कारण काँग्रेस अलमलिएको टिप्पणी गरे ।

सशस्त्र द्वन्द्वको समयमा गाउँमा माओवादीको र शहरमा शाही सेनाको डर हुँदा पनि कांग्रेसप्रतिको जनआकर्षण नघटेको स्मरण गरे । काँग्रेस भनेको विचार र आइडिया दुवै भएको उनको दाबी थियो ।

उनले समाजमा पुरानो खराब हो भन्ने गलत भाष्य जबर्जस्त स्थापित गर्न खोजिएको जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us