झलनाथको प्रश्न- बितेका तीन चार वर्षको बीचमा यत्रा चर्चका बिल्डिङहरु कसरी बने?

काठमाण्डु टुडे २०८० असार ८ गते १८:०९ मा प्रकाशित

काठमाण्डु, ८ असार- पूर्वप्रधानमन्त्री एवमं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरु विभाजित हुँदा मुलुकमा राजनीतिकसँगै सांस्कृतिक संकट बढ्दै गएको बताएका छन ।

शुक्रबार नेकपा एसको सम्पर्क विभागले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा खनालले बितेका तीन चार वर्षको बीचमा गाउँगाउँमा डरलाग्दो ढंगले धर्म परिवर्तन र चर्चका भवनहरु बनिरहेको बताए ।

उनले भने, ‘हाम्रोसामु सांस्कृतिक संकट डरलाग्दो ढंगले बढेको छ । गाउँगाउँमा, वार्डवार्डमा चर्चहरु ठडिएका छन् । यो तीन चार वर्षको बीचमा यत्रा चर्चका बिल्डिङहरु कसरी बने ? साढे ८ हजार चर्च कसरी बने ? अझ अमेरिकाबाट विदेशीमन्त्री कुर्लिन्छ, नेपालमा हिन्दूको लागि कोष छ, बुद्धिष्टको लागि कोष छ तर, क्रिश्चियनलाई किन खोइ भनेर ।’

खनालले अमेरिकी विदेश मन्त्रालयको पछिल्लो रिपोर्टले नेपाललाई धार्मिक युद्धमा फसाउन खोजेको आरोपसमेत लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us