जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाण्डु टुडे २०८० असार ४ गते ११:३७ मा प्रकाशित

काठमाण्डु, ४ असार- पाल्पाको तानसेन नगरपालिका९१ भुसलडाडामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले१० जनालाई पक्राउ गरेको छ ।

स्थानीय राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसहित १० जानालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ८ सय २५ रूपैयाँ र ३५ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us