चीनमा उपचार गराइरहेका वर्षमान पुन १ असारमा स्वदेश फर्कने

काठमाण्डु टुडे २०८० जेठ ३१ गते १३:२९ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन शुक्रबार नेपाल फर्कने भएका छन । लामो समयदेखि चीनमा उपचार गराइ रहेका नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्कन लागेका हुन् ।

उनी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसहित असार १ गते शुक्रबार बिहान ११ बजे काठमाण्डुस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनको सचिवालयले जानकारी जानकारी दिएको छ ।

पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए । उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो ।

उनको शरीरमा जन्डिसको मात्रा बिलरुबिन ४० बाट घटेर १.५ बिन्दुमा झरेको छ । सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरू बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us