
काठमाण्डु, ३१ जेठ– कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन ।
सभापति देउवा देश बाहिर सिंगापुर गएपछि कांग्रेसको विधान, २०१७ संशोधन सहित को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई कार्यबाहक सभापति तोकेको कांग्रेस स्रोतले जानकारी दिएको छ ।
पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा स्वास्थ्य जाँचका लागि गए राति सिंगापुर गएका छन् ।