
काठमाण्डु ,१७ जेठ- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बलेफी गाउँपालिका–२ नौविसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी–११ का अन्दाजी १६ वर्षीय अनिल माझी रहेको प्रहरीले जनाएको छ।
बा.४५प ५५४१ नंको मोटरसाइकल दुर्घटनामा परेका उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। ।गएराति करिब १२ बजेको समयमा सडकबाट एक सय ५० मिटर तल झरेको मोटरसाइकल पूर्णरुपमा क्षति भएको प्रहरी ले बताएको छ।