
काठमाण्डु,१४ जेठ- लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन्।
लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको टिमले अवैध लागु औषध खैरो हेराइन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
प्रहरीले जेठ ९ गते काठमाण्डुको बौद्ध टुसालस्थित एक होटेलबाट लागु औषध खैरो हेरोइन २० ग्राम, डिजिटल तराजु १ थान र नेपाली रुपैयाँ ७ लाख ४० हजारसहित झापाका २७ वर्षीय किरण कन्दङ्वा, जेठ ११ गते काठमाण्डुमहानगर वडा नम्बर ९ बाट खैरो हेरोइन ९४ ग्रामसहित झापाकै वर्ष २८ का विजय लिम्बू, जेठ ११ गते नै झापाको चन्द्रगढीबाट झापा मेची नगरपालिकाका वर्ष २९ का माधव मेचे र विनोद लिम्बू लाई पक्राउ गरेको छ।
त्यसैगरी शुक्रबार भद्रपुर नगरपालिका-८ बाट १९४ ग्राम ५४० मिलिग्रामसहित भारतको दार्जलिङ सोनापिन्टीका २२ वर्षीय शिव घोष र २६ वर्षीया श्यामली सोरेनलाई पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक एवं लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता चक्रराज जोशीका अनुसार यसरी खैरो हेरोइन उपलब्ध गराउने मुख्य व्यक्तिहरू नै भारतीय नागरिक हुन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ।