
काठमाण्डु ,१४ जेठ- आइतबार सुनको मूल्य २०० रुपैयाँले घटेको र चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघकाअनुसार आज सुनको मूल्य एक लाख ८ हजार १ सय र चाँदीको मूल्य १३ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । आज तेजावी सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।यससँगै, आज चाँदीको कारोबार १३ सय ६० रुपैयाँमा भइरहेको छ ।
जुन अघिल्लो कारोबार दिन १३ जेठको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।