जतिसुकै घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प छैन: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० जेठ १३ गते १२:३१ मा प्रकाशित

काठमाण्डु, १३ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जतिसुकै ठुलो घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प नभएको बताएका छन् ।

शनीबार प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम् २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सत्ताको नेतृत्व गरेको दिनदेखि आफूविरुद्ध विभिन्न तत्त्वहरूले घेराबन्दी गर्ने काम सुरु गरेको बताए ।

आन्दोलनमा भएका सङ्घर्ष, त्याग र बलिदानका कारण आज सत्ताको नेतृत्व गर्ने अवस्थामा पुगेको स्मरण गर्दै उनले उनले भने ९ुसामाजिक न्याय सुशासन र समृद्धि नै हाम्रो मुख्य लक्ष्य हो ।

हाम्रा अगाडी चुनौतीपूर्ण अवसर छ । तर जतिसुकै घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प हामीसँग छैन । यसबीचमा जनतालाई एउटा नयाँ आन्दोलन र अभियानको सुरुवात भएको अनुभूत हुन थालेको प्रधानमन्त्री प्रचण्डले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us