
काठमाण्डु ,१० जेठ- काठमाण्डु महानगरपालिका १३ कालीमाटीस्थित तास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्रउ पर्नेमा ओखलढुङ्गा लिखु गाउँपालिका घर भएका ३१ वर्षीय होमबहादुर पौडेल सहीत अन्य पाँच जाना रहेका छन। उनीहरुलाइ पौडेलको डेरा कोठामा जुवा तास खेलीरहेको अवस्थामा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।