६.४९ अंकले बढ्यो नेप्से, १ अर्ब बढीको कारोबार

काठमाण्डु टुडे २०८० जेठ १० गते १५:३९ मा प्रकाशित

काठमाण्डु, १०- जेठ साताको चौथो दिन आज नेप्से दोहोरो अंकले बढेको छ ।

बुधबार नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा कायम भएको छ ।आज ४८ लाख ६५ हजार ४७५ कित्ता शेयरको खरिदबिक्री हुँदा १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँको कारोबार भएको छ ।

आज आत्मनिर्धर लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।त्यस्तै कारोबारका आधारमा शिवम सिमेन्ट १४ करोड ६४ लाख ९१ हजार ७४ रुपैयाँ बराबरको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

पसमूहतर्फ भने ३ समूहबाहेक बाँकी १० वटा समूहको शेयर मूल्यमा वृद्धि भएको छ । बुधबार बजार पूँजीकरण २८ खर्ब ५८ अर्ब रुपैयाँ रहेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us