राष्ट्रपतिको १ घण्टा ४४ मिनेटको सम्बोधनको जवाफमा ओलीले खर्चिए १ घण्टा ५२ मिनेट

काठमाण्डु टुडे २०८० जेठ ७ गते १७:०७ मा प्रकाशित

काठमाण्डु, ७ जेठ– राष्ट्रपति रामचन्द्र पौडेलले १ घण्टा ४४ मिनेट लगाएर संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।

 आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा छलफलको सुरुमै प्रमुख प्रतिपक्षी दल एमालेका संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भाग लिए ।

नीति तथा कार्यक्रममाथिको छलफलमा ओलीले एक घण्टा ५२ मिनेट समय खर्चिए । प्रस्तुत नीति तथा कार्यक्रमले लक्ष्य स्पष्ट गर्न नसकेको उलेख गर्दै एमाले अध्यक्ष ओलीले फिर्ता लिएर पुनर्लेखन गर्न सरकार सँग मागगरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us