
जुम्ला, २ जेठ– जुम्लामा भएको अटोरिक्सा दुर्घटनामा हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा चन्दनाथ गाउँपालिका–१० का अन्दाजी ४० वर्षीय मेघराज न्यौपाने रहेका छन ।
क १ घ १५ नम्बरको अटोरिक्सा सदरमुकामम खलंगादेखि पातारासी गाउँपालिकातिर जाँदै गर्दा पातारासीको कोटाभीरमा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।
यस्तै घाइते हुनेमा पातारासी गाउँपालिकाका ४२ वर्षीय कृष्णबाहोरा रहेका छन । घाइते न्यौपानेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकिएको प्रहरीले जानकारी दिएको छ ।
अटोरिक्सा चालक गोविन्द सार्की भने प्रहरीको नियन्त्रणमा रहेको छन् ।