
काठमाण्डु, १ जेठ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक भएको बताएका छन ।
आज (सोमबार) नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
गर्भनर अभिकारीले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि सरकार र बजारले वित्त नीतिभन्दा पनि मौद्रिक नीतिमा बढी अपेक्षा गरिएको बताएका छन । उनले भने, ‘नेपालको अर्थतन्त्रका फरक–फरक खालका विषेशताहरु छन्।
सरकार र समाजबाट मौद्रिक नीति माथि बढी अपेक्षा गरेको देख्छौं। मौद्रिक नीतिका सीमाहरु छन् ’ राष्ट्र बैंकको उद्देश्य र मौद्रिक नीतिका उदेश्य भन्दा बाहिर गएर थप काम गर्न खोज्दा उद्देश्य भन्दा बाहिर हुन्छ।’
उनले कतिपय आर्थिक विषयमा परनिर्भर रहेको भन्दै परनिर्भतालाई केही अन्तरनिर्भतामा ल्याउन आवश्यकता भएको बताएका छन ।
उनले नेपालप्रति पनि अन्य देशहरु परनिर्भर रहने धेरै अवस्था रहेको भन्दै मुलुकमा आन्तरिक उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताएका छन ।