
काठमाण्डु, १ जेठ– एमाले सांसद रघुजी पन्तले भारतले नेपालमाथि ‘प्रेसर डिम्पलोमेसी’को नीति अख्तियार गरेको बताएका छन ।
उनले भारतको त्यस्तो दववमुलक कूटनीतिमा नेपाल पर्न नुहुनेमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन । आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन ।
नेता पन्तले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणपछि धकेलेर भारतले नेपाली जनताले हटाएका पूर्व राजालाई बोलाएर स्वागत गरेको भन्दै त्यसतर्फ सरकारले सोच्नुपर्ने बताएका छन । उनले भने, ‘हाम्रो प्रधानमन्त्री भारत जान्छु भन्नुहुन्छ ।
भारत भ्रमण सरेको सर्यै छ । फेरि कहिले हुने हो थाहा छैन । तर नेपालको प्रधानमन्त्रीलाई भारत आउन नदिएर पखाइराख्दाखेरि पूर्व राजालाई उत्तर प्रदेशमा स्वागत गरिएको छ’ ।
उनले पूर्व राजालाई स्वागत गर्ने क्रममा भारतका मुख्मन्त्रीहरुले दिएको अभिव्यक्ति अत्यन्त आपत्तिजनक रहेको भन्दै प्रेसर डिप्लोमेसी त्यही भएको बताएका छन । उनले भने, ‘प्रेसर डिप्लोमेसी । यो विश्व कूटनीतिमा चलनचल्तीमा रहेको छ ।
के मेरो एजेण्डा गर्छौ ? तिमिले बोकेर आउने एजेण्डामा त्यो विषय कार्यसूचीमा पर्छ कि पर्दैन ? अनिमात्र भारतमा तिमीलाई स्वागत गर्छु भनेर त्यसको सट्टा दबाब दिन राजालाई भारत बोलाइयो’ ।
उनले प्रेसर डिप्लोमेसिमा नेपालको सरकार पर्न नहुने भन्दै नेपाल आजसम्म पराधीन नभएको बताएका छन ।