सरकारले राम्रो काम गर्दा इमानदारितापूर्वक समर्थन गर्न डराउनुहुँदैन: देवेन्द्र पौडेल

काठमाण्डु टुडे २०८० जेठ १ गते १५:४१ मा प्रकाशित

काठमाण्डु, १ जेठ– नेकपा माओवादी केन्द्रका सचिव एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले सरकारले राम्रो काम गर्दा समर्थन गर्न डराउन नहुने बताएका छन ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पौडेलले यस्तो बताएका हुन । उनले सत्तापक्ष र विपक्ष केही नभनेर राम्रो काम गर्ने सरकारलाई समर्थन गर्नुपर्ने बताएका छन ।

उनले भने, ‘नेपाली नागरिकलाई विदेशी बनाएर अर्को देशमा पठाउने गम्भीर खालको घटना सार्वजनिक भएको छ । कतिपय माननीयहरूले सरकारको भूमिकाको प्रश्न उठाउनुभएको छ ।

मैले सरकारलाई धन्यवाद दिन चाहन्छु । सरकारले राम्रो काम गर्दा इमानदारितापूर्वक समर्थन गर्न डराउनुहुँदैन’ ‘यो भ्रष्टाचारको विषय सत्तापक्ष र प्रतिपक्षको विषय होइन । यो देशको साझा विषय हो ।’

उनले के नेपाल सुशासन नभएको देश हो भन्दै प्रश्न गरेका छन । उनले भने ‘के यो देशमा न्याय लुटिएको हो ? के कानुन मरेको हो ? जिम्मेवारी समाप्त भएको हो ? के जबाफदेहिता नभएको देश हो ?’ पौडेलले प्रश्न गर्दै भने, ‘यी सबै हुन् भने भ्रष्टाचारको सवालमा साझा धारणा बनाएर जान जरुरी छ ।’

उनले भुटानी प्रकरणको विषय उठेका बेला अन्य विषय झिकेर विषयान्तर नगर्न आग्रह गेका छन । उनले भुटानी शरणार्थी प्रकरणमा सत्य तथ्य बुझेर सरकार सहित सम्बन्धित निकायलाई सहयोग पुर्‍याउनु पर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us