
काठमाण्डु,३१वैशाख- सर्लाहीबाट स्रोत नखुलेको ८ लाख रुपैयाँ नगद बरामद भएको छ।
मलंगवा नगरपालिका ८ स्थित भन्सार इलाकाबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँ बरामद गरेको हो । बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाइकलमा भारतबाट अवैध रूपले नेपाल ल्याउँदै गरेको एक हजार रुपैयाँको ७०० थान र पाँच सय रुपैयाँको २०० थान नेपाली रुपैयाँसहित मोटरसाइकल सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा(विओपी मलंगवा) ले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको नेपाली रुपैयाँ र मोटरसाइकल आवश्यक कारवाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको छ ।
यसैगरी सोही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ५ स्थित सखुवाबाट २० के।जी गाँजासहित एउटा भारतीय मोटरसाइकल पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।