नुहाउन जानेक्रममा नदीमा डुबेर एक बालकको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख ३० गते १६:०३ मा प्रकाशित

सुर्खेत, ३० वैशाख– सुर्खेतको भेरी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुला मालिकार्जुनका ११ वर्षीय सन्देश पार्की रहेका छन ।

आज (शनिबार) बिहान भरीगंगा नगरपालिका–९ जहरेस्थित भेरी नदीमा डुबेर उनको मृत्यु भएको हो। सोही ठाउँमा आफन्तको घरमा बस्दै आएका सन्देश पार्कीको आज नदीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।

नुहाउन जानेक्रममा बालक नदीमा डुबेका थिए। बालकलाई निकालेर उपचारको लागि मेहेलकुना अस्पताल लगिएको थियो। त्यहीँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us