वर्तमान गठबन्धन परिवर्तन नगर्ने हो भने देशको अर्थतन्त्र दुर्घटना हुने निश्चित छ: योगेश भट्टराई

काठमाण्डु टुडे २०८० वैशाख २६ गते १६:१९ मा प्रकाशित

काठमाण्ड,२६ वैशाख– एमाले सांसद योगेश भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभई अर्थतन्त्र चलायमान बन्न नसक्ने दाबी गरेका छन ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले प्रस्तुत गरेका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले वर्तमान गठबन्धन परिवर्तन नगर्ने हो भने देशको अर्थतन्त्र दुर्घटना हुने निश्चित भएको बताएका छन । उनले वर्तमान सरकारलाई विदेशीह र नेपाली लगानीकर्ताले समेत विश्वास गर्न नसकिरहेको बताएका छन ।

उनले अहिलेकै जोडी बनाइरहने हो भने प्रधानमन्त्रीको फिल्म सुपर फ्ल्प हुने निश्चितप्रायः रहेको उनले बताएका छन । उनले वर्तमान अर्थतन्त्र उकास्नका लागि सत्ता गठबन्धनमा फेरबदल आउनु अनिवार्य रहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us