
काठमाण्डु, २६ वैशाख–कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीमाथि कडा कारबाहीको नीति लिनुपर्ने बताएका छन । आज मंगलबार बसेको प्रतिनिधिसको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन ।
सांसद शर्माले भ्रष्टाचारविरुद्ध कडाइ पूर्वक नीति लिनुपर्ने बताएका छन । उनले भने, ‘यहीँनेर भुटानी शरणार्थीको सन्दर्भको फाइल खोलिएको छ ।
यसलाई निष्कर्षमा पुर्याउनुपर्छ भन्ने अपिल र आग्रह गर्न चाहन्छु’ ‘भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ राज्यले ।’
उनले भ्रष्टाचारका फाइल खोल्दा र कारबाही प्रक्रिया अगाडि बढाउँदा ‘निर्दोष कोही फस्नुहुन्न, दोषी कोही बच्नु पनि हुन्न’ भन्ने दृष्टिकोण लिनुपर्ने बताएका छन ।
उनले सरकारले भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधन ऐन र सरकारले ल्याएका नीतिमा विरोधाभास रहेको पनि बताएका छन ।
उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता लिने सरकारको नीति रहेको कुरालाई कार्यान्वयनमा लिनुपर्ने बताएका छन । उनले पछिल्लो समय भ्रष्टाचारका फाइल खुलेको कुरालाई निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन ।