
काठमाण्डु, २५ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरु भ्रष्टाचार गर्नेलाई जोगाउन नलाग्ने तर सरकारले निर्दोष व्यक्तिलाई फसाउन नपाउने बताएका छन ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणको सन्दर्भ उठाउँदै एमालेले कसैको बचाउ नगर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले कसैलाई बचाउन खोजेको आफूले संकेत पाएको बताएका छन ।
आज (सोमबार) पार्टीको युवा संगठन राष्ट्रिय युवा संघको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘करप्सनलाई एमालेले टोलरेट गर्दैन । तर कसैलाई खेदी खेदी हत्कडी लगाउने कुरा कसैलाई छोड्ने कुरा सह्य हुँदैन’ ।
उनले यो घटनालाई एमालेतिर लक्षित गर्ने कोशिस भइरहेको भन्दै आपति व्यक्त गरेकम छन । उनले यो प्रकरणमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बोलाएपछि आफू भेट्न गएको भन्दै अहिले आफूले दबाव दिएको भान पार्न खोजिएको भन्दै आलोचना गरेका छन ।
उनले भने, ‘मैले भ्रष्टहरु नछुटुन् भन्नुको अर्थ छ, प्रधानमन्त्री नै भ्रष्टहरुलाई जोगाउन लाग्नुभएको छ’ उनले भने, ‘मैले गएर मान्छे छुटाउन, दोषीलाई कारबाही नगर्न दबाव दिएँ भन्ने भान पार्न खोजिएको छ ।’