१९ अंकले घट्यो नेप्से,कारोबार रकम ६० करोडमा खुम्चियो

काठमाण्डु टुडे २०८० वैशाख २४ गते १६:०२ मा प्रकाशित

काडमाण्ठु ,२४ वैशाख- साताको पहिलो कारोबारको दिन आइतबार नेप्से दोहोरो अंकले घटेको छ ।

आज नेप्से परिसूचक १९.१२ अंकले घटेर १८५०.६१ बिन्दुमा कायम भएको छ ।यस्तै आज २० लाख १५ हजार ९५९ कित्ता शेयरको खरिद बिक्री हुँदा कारोवार रकम ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँरहेको छ।

आज सर्वाधिक नाफा कमाउनेमा आत्मा निर्भर लघुवित्त वित्तीय संस्था, इस्ट्रन आइड्रोपावर, सनराइज् ब्लुचिप्स फण्ड र राष्ट्र उथ्थान लघुवित्त वित्तीय संस्था रहेका छन् ।

सर्वाधिक घाटामा भने, एनएमबि डेबेन्चर ८.५०, मकर जितुमाया सुरी हाइड्रोपावर, घलम्यादी हाइड्रोपावर र मन्दकिनी हाइड्रो पावर लिमीटेड रहेका छन ।त्यस्तै, उपसमूहतर्फ रहने १३ वटै समुहको सेयर मुल्य घटेको छ ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार १२ अंकले नेप्से बढ्दै गर्दा ७३ करोड २६ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us