
काठमाण्डु, २० वैशाख– आज बुधबार सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम, बजेट लगायत समसामयिक विषयमा छलफल गर्न बैठक आह्वान गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड गठबन्धनमा रहे पनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका छन ।
प्रधानमन्त्री प्रचण्डले हाल खानेपानी, वन तथा वातावरण, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आफैंले सम्हाल्दै आइरहेका छन ।