कर्णालीका मुख्यमन्त्रीले तेस्रोपटक पाए विश्वासको मत

काठमाण्डु टुडे २०८० वैशाख १५ गते १७:३९ मा प्रकाशित

काठमाण्डु,१५ वैशाख– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले चार महिना भित्रमा तेस्रोपटक विश्वासको मत प्रप्त गरेका छन ।

आज शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई तीन दलका २९ सांसदले विश्वासको मत दिएका छन । कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक–एकजना सांसदले शर्मालाई विश्वासको मत दिएका हुन ।

त्यस्तै नेकपा एमालेका ९ र राप्रपाका एकजना सहति १० जना सांसदले विपक्षमा मतदान गरेका छन् । ४० सदस्यीय प्रदेश सभामा कुल ३९ जना सांसद उपस्थित रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us