
काठमाण्डु,१५ वैशाख– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अन्मिनले अयोग्य ठहर गरेका लडाकूहरुलाई २ लाख रुपैयाँ दिने निर्णय नयाँ नभएको बताएका छन ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । माओवादी सांसद सापकोटाले २०७३\७४ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा नै यो व्यवस्था भएको बताएका छन ।
उनले सर्वोच्चमा मुद्दा परेपछि रोकिएको त्यसबेला रोकिएको यो विषय अहिले अदालतकै आदेशअनुसार अगाडि बढाइएको बताएका छन ।
उनले भने, माननीय विष्णु पौडेलकै नेतत्वमा ल्याइएको बजेट वक्तव्य र अदालतको आदेश अनुसार अहिले सरकारले खाली कार्यविधि मात्र विकास गर्न खोजेको हो ।’
हावाको भरमा अरुलाई दोषारोपण नगर्न र सदनलाई भ्रमित नबनाउन उनले आग्रह गरेका छन ।
उनले यो व्यवस्था लडाकूहरुले लडेर ल्याएको भन्दै माओवादी सांसद सापकोटाले भने, ‘युद्ध लडेर आएका लडाकूहरु, जसले विरताको संकल्प गरे, व्यवस्था परिर्वतनका लागि वलिदान गर्न तयार भए, तीनलाई २ लाख पैसाका लागि अपमान गर्ने ?’