माओवादी नेतृत्वलाई एमालेको प्रश्न लडाकूका नाममा लिएको ९५ करोड कहाँ गयो ?

काठमाण्डु टुडे २०८० वैशाख १५ गते १४:०९ मा प्रकाशित

काठमाण्डु,१५ वैशाख– प्रमुख प्रतिपक्ष दल एमालेले अन्मिनले अयोग्य प्रमाणीकरण गरेका लडाकूहरुलाई २ २ लाख रुपैयाँ बाड्ने निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।

आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकको सुरुमा समय लिएर बोलेका एमाले प्रमुख सचेतक पदम गिरीले यसबारे सरकारको ध्यानाकर्षण गरएका हुन ।

उनले मुलुकमा आर्थिक संकटमा रहेकाले वृत्तभत्तादेखि प्रदेश र स्थानीय तहको समानीकरण अनुदान कटौती गरेको सरकारले ४,८०० बढी व्यक्तिलाई २ लाख रुपैयाँको दरले रकम बाँड्न लागेको बताएका छन ।

चालु आर्थिक वर्षमा १ अर्ब ४० करोड छुट्याए पनि शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न सरकार गम्भीर नभएको भन्दै उनले अघि भने, ‘सत्य निरुपण तथा मेलमिलापको काम थाति राखिएको छ, त्यतितिर चिन्ता छैन । तर देशबाट पैसा निकालेर धमाधम कार्यकर्तालाई पैसा बाँडिँदैछ ।’

अन्मिनले पुनः प्रमाणीकरण गर्दा २ हजार ४५१ जना को थिए भन्ने यकिन नभएको र तीनको नाममा ९५ करोड रुपैयाँ माओवादी नेतृत्वले लगेको भन्दै उनले भने, ‘त्यो पैसा कहाँ गयो ?’

गिरीले शान्ति प्रक्रिया पूरा गर्न ध्यान नदिने, तर राज्य कोषबाट दोहन गर्ने काम स्वीकार्य नहुने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us