गण्डकीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

काठमाण्डु टुडे २०८० वैशाख १५ गते १३:२५ मा प्रकाशित

काठमाण्डु,१५ वैशाख– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन ।

मुख्यमन्त्री पाण्डेले आज शुक्रबार प्रदेश प्रमुखको निवासमा सपथ लिएका हुन । मुख्यमन्त्री पाण्डेलेसँगै नवनियुक्त दुई मन्त्रीले पनि सपथ लिएका छन ।

नेकपा माओवादीबाट शुशीला सिंखडा र कांग्रेसबाट सरस्वती अर्यालले विना विभागीय मन्त्रीको सपथ लिएका छन ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री पाण्डेलाई शपथ गराएका हुन । बिहीबार प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us